शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ब्राजिलका राष्ट्रपतिको भ्रष्टाचार मुद्दामा अनुसन्धानको अनुमति


  • आइतबार, असार २० २०७८
11.8K
SHARES

फाइल तस्विर

ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति जेयर बोल्सोनारो विरुद्धको भ्रष्टाचरा मुद्दामा अनुसन्धानको लागि अनुमति दिएको छ । बोल्सोनारोमाथि भारतीय कम्पनीले बनाएको कोरोना खोप खरिदमा आर्थिक अनियमितता गरेको आरोप छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश रोसा वेबरले बोल्सोनारोविरुद्ध अनुसन्धान सुरु गर्ने अनुरोधलाई स्वीकृति दिएकी हुन् ।

यसअघि कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको विषयमा पनि बोल्सोनारोमाथि संसदीय समितिले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा संसदीय समितिले भारतीय कम्पनीसँग गरिएको २ करोड खोप किन्ने सम्झौतामा भ्रष्टाचार भएको हुन सक्ने व्यक्त गरेको थियो । उक्त अनुसन्धानले पनि यसमा सहयोग गर्ने सर्वोच्च अदालतकी न्यायाधीश वेबरले बताएकी छिन् ।

गत फेब्रुअरीमा भारतीय खोप निर्माता कम्पनी भारत बायोटेकसँग ब्राजिलको सरकारले ३१ करोड ६० लाख डलरको खोप खरिद सम्झौता गरेको थियो । बोल्सोनारोले भने खोप खरिद सम्झौता प्रक्रियाअनुसार भएको र आफूमाथिको भ्रष्टाचारको आरोपको बचाउ गर्दै आएका छन् ।

यसैबीच ब्राजिलमा बोल्सोनारोमाथि महाभियोग लाग्ने सम्भावना बढेको छ । अहिले बोल्सोनारोको सरकारविरुद्ध ब्राजिलमा प्रदर्शन भइरहेको छ । सर्वोच्च अदालतले बोल्सोनारोको मुद्दामा अनुसन्धानको लागि अनुमति दिएसँगै हजारौंको संख्यामा मानिसहरुले सडकमा भेला भएर सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा