दूध एक अत्यावश्यक पौष्टिक आहार हो । बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी पेयपदार्थ हो । मानिसका लागि हितकर हुनुका बाबजुद यसको सेवन गर्दा विचार पुर्याउन जरुरी छ । कतिपय अवस्थामा दूध स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ ।
माछा र दुध
माछा मानिसको स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । यसमा प्रोटिनको मात्रा भारी मात्रामा हुन्छ । माछामा पाइने पोषक तत्वले क्यान्सरजस्ता रोग लाग्ने खतरालाई कम पनि गराउँछ । तर, माछाको सेवन गरेपछि दूध र दूधजन्य परिकार खान नहुने अनुसन्धानमा उल्लेख छ । यसले छालासम्बन्धी रोगहरु लाग्छ ।
मासको दाल र दुध
मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ । तसर्थ, मासको दाल खाएपछि करिब २ घन्टापछि भने दूध पिउन सकिन्छ ।
नुन र दुध
नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानु हुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ लिँदा अझ हानि हुन्छ ।
अमिलो फल र दुध
सुन्तला, कागतीलगायत अमिला फलसँग दूध खानु हुँदैन । यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ । पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने सम्भावना रहन्छ ।
दही र दुध
दूध र दही एकै किसिमका खाद्यपदार्थ भए पनि यी दुई एकैसाथ सेवन गर्नु हुँदैन ।सँगै खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घन्टाको फरकमा भने खान सकिन्छ ।
-एजृेन्सीको सहयोगमा