चिनियाँ कम्युनिष्ट पार्टीको सयौं वर्षगाँठलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति एवं सीपीसी महासचिव सी जिङपिङले आफ्नो मुलुकले अन्य देशलाई दमन नगर्ने बताएका छन् । साथै, उनले चीनलाई असर पुर्याउन खोज्ने तत्वविरुद्ध आफूहरु धातुको पर्खालजस्तै भएर उभिने चेतावनी समेत दिए ।
विश्लेषकहरुले चिनियाँ राष्ट्रपतिको यो चेतावनी अमेरिकासहितका पश्चिमा मुलुकविरुद्ध लक्षित भएको बताएका छन् । बेइजिङमा उपस्थित ७० हजार सहभागि अगाडि उभिएर सीले चीनविरुद्धको षड्यन्त्र निस्तेज पार्ने समेत बताएको उल्लेख छ ।
चीनलाई घेर्ने र निस्तेज पार्ने षड्यन्त्रविरुद्ध १.४ बिलियन चिनियाँ जनता धातुको पर्खालजस्तै भएर उभिनेछन्’ सीले आफ्नो सम्बोधनमा भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीको उदयले चिनियाँ जनताको भाग्य मात्र हैन, सिंगो विश्वकै भाग्य बदलेको छ ।’
सम्बोधनमा सीले चिनियाँ कम्युनिष्ट पार्टीका अग्रणी नेताहरु माओत्से तुङ, देङ जिआओपिङ, जियाङ जेमिन र हु जिन्ताओप्रति सम्मान व्यक्त गरे । ताइवानसँग एकताका लागि चीनले अबिचलित प्रतिबद्धता जनाएको समेत उनले बताए । ‘आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र देश रक्षा गर्ने चिनियाँ जनताको सक्षमतालाई कसैले पनि दुष्प्रयास गर्नुहुँदैन’ उनले भनेका छन् ।
विहिबार विहान आयोजित समारोहमा चिनियाँ आकाशमा सैन्य जहाज उडाइएका थिए भने राष्ट्रवादी गीत पनि बजाइएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।