बुधबार, साउन १३ २०७८
ताजा अपडेट

के तपाईलाई थाहा छ ! नियमित यौन सम्पर्क गर्दा यस्ता रोगबाट छुटकारा पाउन सकिन्छ


  • KTM Khabar
  • आइतबार, असार १३ २०७८
3.2K
SHARES

फाइल तस्विर

आम मानिसले यौन सम्पर्क केवल आनन्द लिनका लागि गरेको मान्यता राख्दै आएका छन । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने बिभिन्न अनुसन्धान बाट देखाएको छ ।

 के के फाइदा हुन्छ ?

१. टाउको दुख्ने:

नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

२. ब्लड प्रेशर:

उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

३. प्रोस्टेट क्यान्सर:

नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

४. मोटोपन:

मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

५. हृदयघातबाट कम खतरा:

नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा