शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बंगलादेशमा फेरि ‘लकडाउन’, ढाका छोड्नेको भीड


  • आइतबार, असार १३ २०७८
11.3K
SHARES

फाइल तस्विर

बंगलादेशमा फेर ‘लकडाउन’ हुने भएपछि राजधानी ढाकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ।

राष्ट्रव्यापी रूपमा कडा ‘लकडाउन’ हुनेभएपछि ढाकाबाट बाहिरिनेको संख्या बढेको हो। सोमबारदेखि सात दिनसम्म अतिआवश्यक कामबाहेक कसैलाई पनि घर छोड्ने अनुमति नदिइने बताइएको छ। त्यसैले मानिसहरू ढाका छोडेर अन्य सहर र आफ्नो गाउँ फर्किन हतार गरिरहेका छन्।

पछिल्लो समय बंगलादेशमा कोरोना संक्रमितको संख्या वृद्धि भएको छ भने धेरैमा भारतमा पहिलोपटक देखा परेको डेल्टा भेरिएन्ट देखा परेको छ।

बंगलादेशमा पछिल्लो लहर करिब ६ सप्ताहअघि सुरू भएको हो।

१५ मे मा त्यहाँ २६१ जनामा नयाँ संक्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो। शुक्रबार बंगलादेशमा ५ हजार ८६९ जनामा संक्रमण पुष्टि भएको थियो भने १०८ जनाको मृत्यु भएको थियो।

शुक्रबारको तथ्यांक महामारी सुरू भएयताकै बंगलादेशको दोस्रो उच्च मृत्यु संख्या हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा