शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

दक्षिण अफ्रिकी महिलाले एकै पटक १० सन्तान जन्माएको खबर झुटो


  • बिहिबार, असार १० २०७८
11.6K
SHARES

फाइल तस्विर

दक्षिण अफ्रिकाकी एक महिलाले एक पटक १० सन्तान जन्माएको भनेर सार्वजनिक समाचारमा सत्यता नरहेको पुष्टि भएको छ ।

दक्षिण अफ्रिकाको खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा एकै पटक १० बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको छ ।

स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको खुलेको छ । जबकी उनले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबीसहितका समाचार सार्वजनिक भएका थिए ।

ती ३७ वर्षीया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानून अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ ।

प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो । यसै आधारमा बीबीसीले समेत यसबारे समाचार प्रकाशन/प्रसारण गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा