भारतको बाटो हुँदै खाडी मुलुक हिँडेका २५ जना महिलालाई श्रीलंकाबाट उद्धार गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको समन्वयमा श्रीलंकाबाट उद्धार गरेर उनीहरुलाई काठमाडौं ल्याइएको सो मन्त्रालयका सूचना अधिकारी निराजन घिमिरेले बताए ।
०७७ मा भारतको बाटो हुँदै श्रीलंका पुगेका उनीहरु कोभिड–१९ संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि त्यहिँ अलपत्र परेका थिए । अध्यागमन कानुन उल्लंघन गरेको मुद्दामा उनीहरु श्रीलंकाको कुरुभिजा कारागारमा थुनामा थिए । मुद्दा प्रक्रिया सकेर उनीहरुलाई सरकारले उद्धार गरेको हो । कोभिड–१९ पोजेटिभका कारण उनीहरुसँगै गएकी एक १ जना महिला अझै श्रीलंकामा छिन् ।
नेपाल एयरलाइन्सको जहाजबाट कतारको दोहा हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको मन्त्रालयले जनाएको छ । मानव बेचविखन ब्यूरो, महिला बालबालिका मन्त्रालय र माइती नेपालको टिमले त्रिभुवन विमानस्थलबाट उनीहरुलाई रिसिभ गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।