शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु


  • शुक्रबार, असार ४ २०७८
9.5K
SHARES

फाइल तस्विर

अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु भएको छ । तालिबान समूहले अप्रिल १३ देखि नै विभिन्न आक्रमणका श्रृंखलाहरु चलाएको छ ।

अफगानिस्तनको आन्तरिक मामिला मन्त्रालयका अनुसार विभिन्न १५ वटा आत्मघाती हमलाहरु गरिएका छन् भने दर्जनौं अन्य हमलाहरु गरिएका हुन् । यी आक्रमणमा २५५ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएको मन्त्रालयले जनाएको छ ।

तालिवानले रमजानपछि मात्रै २०० वटा विस्फोट गराएका छन् भने १५ वटा आत्मघाती हमला गराएको अफगानिस्तानको समाचार एजेन्सी तोलो न्युजले जनाएको छ ।

अफगान राष्ट्रपति असरफ घानीले यी आक्रमणबाट थप क्षति हुन नदिन भूमिका खेल्ल्ने सुरक्षा फौजलाई उनले धन्यवाद दिएका छन् । उनले थप ८०० आक्रमणका घटनाहरुलाई सुरक्षा फौजले असफल बनाइदिएको र ८०० भन्दा बढी आतंकवादीलाई पक्राउ गरिएकोसमेत जनाकारी दिएका छन् ।

उनले पक्राउ परेकाहरुविरुद्ध आतंकवादी आक्रमण गराएको कसुरमा मुद्दा चलिसकेको र कारबाहीको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन् । तोलो न्युजको तथ्यांक अनुसार गत महिनाको अवधिमा सर्वसाधारणको मृत्यु हुने दरमा २० प्रतिशत वृद्धि भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा