शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कुम्भमेलामा सहभागी हुने एकलाखभन्दा धेरैको कोरोना रिपोर्ट नक्कली !


  • बिहिबार, असार ३ २०७८
9.2K
SHARES

फाईल तस्बिर

भारतको कुम्भ मेलामा सहभागी एक लाखभन्दा धेरै जनाको कोरोना परीक्षणको रिपोर्ट नक्कली रहेको पाइएको छ ।

हरिद्वारका दुई निजी प्रयोगशालाले दिएको अप्रिल १-३० तारिखसम्मको कोरोना परीक्षणको रिपोर्ट मध्ये एक लाखभन्दा धेरै नक्कली पाइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । कोरोना रिपोर्टमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख गरेको पाइएको छ । एकातिर यसबाट ठूलो आर्थिक अनियमितता भएको संकेत पाइएको छ भने नक्कली रिपोर्ट दिएको कारण कोरोना संक्रमण फैलिएको हुन सक्ने पनि देखिएको छ ।

कुम्भमेलाको क्रममा हरिद्वारमा ठूलो संख्याका श्रद्धालुको कोरोना परीक्षणको संक्रमण पुष्टि हुने दर अन्य जिल्लाको तुलनामा निकै कम बताइएको थियो । यस विषयमा अहिले नैनीतालको उच्च अदालतमा याचिका दर्ता गरिएको छ र यस विषयमा अनुसन्धानको माग गरिएको छ ।

उत्तराखण्डको सरकारले पनि प्रहरीलाई यस विषयमा अनुसन्धानको लागि निर्देशन दिएको छ । कुम्भमेलामा आएर फर्किएका मानिसबाट भारतभर कोरोना संक्रमण फैलिएको विभिन्न प्रतिवेदनहरुले पनि देखाएका थिए ।

कुम्भमेलामा सहभागी मानिसहरुले मास्क लगाउने, भौतिक दुरी पालना गर्नेजस्ता जनस्वास्थ्यका नियम पालना गरेका थिएनन् । जसको कारण उक्त मेलामा सहभागी हुने मानिसहरुमा संक्रमण अत्यधिक देखिएको थियो । कुम्भमेलामा सहभागी हुने मानिसको कोरोना परीक्षणको लागि हरियाणा र दिल्लीका निजी प्रयोगशालालाई दिइएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा