इजरायमा बेन्जामिन नेतान्याहुको १२ वर्षको सत्ता अन्त्य भएको छ ।
संसद्ले नयाँ प्रधानमन्त्री निर्वाचित गरेसँगै नेतान्याहुको सत्ता अन्त्य भएको हो । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन् ।
नेतान्याहुलाई एक मत अन्तरले पराजित गर्दै बेनेट संसद्बाट प्रधानमन्त्री चुनिएका हुन् । उनले अत्यन्तै साँघुरो ६०-५९ बहुमतका आधारमा ‘अभूतपूर्व’ गठबन्धनको नेतृत्व गरेको बीबीसीले उल्लेख गरेको छ ।
सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् । त्यसपछि येश अटिड पार्टीका नेता याएर लापिड थप दुई वर्ष प्रधानमन्त्री हुनेछन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई दिएका छन् । उनले आफू बेनेटसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।