शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कतारमा संक्रमण घट्दो, २७ लाख बढीले लगाए कोरोनाबिरुद्धको खोप


  • आइतबार, जेष्ठ ३० २०७८
11.1K
SHARES

फाइल तस्बिर

नेपालीहरूको श्रम गन्तव्य कतारमा कोरोना संक्रमण घट्दो क्रममा रहेको छ ।

कतारले अबको १ महिनाभित्रै अधिकतम मानिसलाई खोप लगाएर कोभिड संक्रमितलाइ निको पारेर हर्ड इम्युनिटी हासिल गर्ने लक्ष्य लिएको पनि जनाएको छ ।

अहिलेसम्म कतारमा २७ लाख ८० हजार ९१६ जनाले कोरोनाविरुद्धको खोप (भ्याक्सिन) लगाइसकेका छन् । खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई पनि खोप लिन आग्रह गरिएको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य निर्देशक शेख डा. मोहम्मद बिन हमद अल थानीलाई उद्धृत पेनिन्सुला कतारले जनाएको छ ।

कतारी नागरिक सहित आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप दिइरहेको छ । पछिल्लो २४ घण्टामा थप १४७ जना नयाँ संक्रमित थपिएका छन्। संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १९ हजार ६१३ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामै थप २१५ जना संक्रमण मुक्त भएका छन् । योसंगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १६ हजार ६९८ पुगेको भने संक्रमणबाट अहिलेसम्म ५७६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

अहिले कतारमा २ हजार ३ सय ३९ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १६५ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये ८८ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा