शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काबुलमा विस्फोट पाँच व्यक्तिको मृत्यु


  • आइतबार, जेष्ठ ३० २०७८
8.1K
SHARES

फाइल तस्बिर

अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा भएको विस्फोटमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ ।

यस घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ ।

यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा