शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कोरोना भ्याक्सिनले शरीर ‘चुम्बक’ बनाएको दाबी, के यस्तो सम्भव छ ?


  • शनिबार, जेष्ठ २९ २०७८
17.1K
SHARES

फाइल तस्बिर

कोरोना भ्याक्सिनको असरको विषयमा विभिन्न प्रकारका कुरा आइरहेका छन्, कतिलाई भ्याक्सिन लगाएपछि ज्वरो आउँछ, कसैलाई आउँदैन । कतिलाई अरु पनि महसुस हुन्छन्, कतिलाई केही पनि फरक लाग्दैन । तर भ्याक्सिनको असरको विषयमा भारतको नासिकका एक व्यक्तिले निकै चकित पारिदिने दाबी गरेका छन् ।

नासिकका अरविन्द सोनारका अनुसार भ्याक्सिनको दुई डोज लगाएपछि उनको शरीरले चुम्बक झैं काम गरिरहेको छ । तर जानकारले भने भ्याक्सिनेसनका कारण यस्तो हुन नसक्ने बताए ।

अरविन्द सोनारले आफ्नो दाबीको वास्तविकता व्यक्त गर्नका लागि एउटा भिडियो सोसल मिडियामा पोस्ट गरेका छन् जसमा उनको शरीरमा सिक्का र फलामका सामान टाँस्सिएको देखिएका छन् । यो भिडियो सोसल मिडियामा भाइरल भएको छ ।

उनले भने, ‘म आफ्नो छोरासँग यत्तिकै कुरा गरिरहेको थिएँ । मैले कुराकानीकै बीच एउटा यस्तो खबरबारे कुरा गरे जसले मलाई चकित बनायो । छोराले भ्याक्सिन लगाएपछि मानिसको शरीरमा स्टिलका वस्तु टाँस्सिन थाल्छन् भन्यो र होला त भनेर हेर्दा त मेरो पनि त्यस्तै भइरहेको थियो ।’

सोनारका अनसार उनले चार पाँच दिन अघि एक नीजि अस्पतालमा कोभिड भ्याक्सिनको दोस्रो डोज लिएका थिए र उनलाई कुनै प्रकारको समस्या देखिएको थिएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा