बुधबार, असार ९ २०७८
ताजा अपडेट

यसरी लामो समयसम्म टिकाउन सकिन्छ आइफोनको ब्याट्री


  • KTM Khabar
  • बिहिबार, जेष्ठ २७ २०७८
1.9K
SHARES

फाइल तस्विर

एप्पलले आफ्ना आइफोन, आइप्याड, म्याक, एप्पल घडी वा अन्य उपकरणमा राम्रो ब्याट्री पावर दिएको हुन्छ। तर, केही समय यता कम्पनीले आइफोनका ब्याट्री सुस्त बनाएको आरोप लागेको छ।

आइफोनको ब्याट्री पावर लामो समयसम्म कसरी टिकाउन सकिन्छ भनेर सुझावहरु पनि समावेश गरिएको छ।

एप्पलले यसमा सिफारिस गरेका केही सामान्य सुझावहरुमा सबैभन्दा नयाँ सफ्टवेयर अपडेट गर्नु, उच्च तापक्रममा आइफोन नचलाउनु, चार्ज गर्दा केही केसहरु हटाउनु र आइफोनलाई केही समय नचलाउने हो भने आधा प्रतिशत चार्ज गरेको अवस्थामा राख्नु पर्ने जस्ता कुरा छन्।

आइफोनको ब्याट्री पावर घट्न नदिन मुख्यगरी यसमा नयाँ सफ्टवेयर डाउनलोड गरिरहनु पर्ने हुन्छ। सफ्टवेयर अपडेट गर्नका लागि आइफोनको ‘सेटिङ’मा गइ ‘जेनेरल’ विकल्पमा क्लिक गरेर एप्पलले ल्याएको नयाँ सफ्टवेयर डाउनलोड गर्नुपर्छ।

ब्याट्री पावर बचत गर्न आइफोनको स्क्रिन ब्राइटनेस कम गर्नु अर्को तरिका रहेको ग्याजेट ३६०ले बताएको छ। प्रयोगकर्ताले आफैँ स्क्रिन ब्राइटनेस घटाउन बढाउन वा आइफोनलाई अटोब्राइटनेस मोडमा राख्न पनि सक्छन्।

अटोब्राइटनेस मोडमा राख्नको लागि आइफोनको ‘सेटिङ’मा रहेको ‘जेनेरल’मा गइ ‘एक्सेसीबिलिटी’मा क्लिक गरेर ‘डिस्प्ले एक्कमोडेसन’ भित्र रहेको अटोब्राइटनेस विकल्पलाई अन गर्न सकिन्छ।

यदी ब्याट्री अझै कम भइरहेको छ भने ‘लो पावर मोड’ फिचर पनि अन गर्न मिल्छ।

प्राय आइफोनको ब्याट्री बीस प्रतिशतमा घटेपछि आफैँ ‘लो पावर मोड’ अन हुने गर्छ। प्रयोगकर्ताले स्वयम यो फिचर अन गर्न चाहेमा ‘सेटिङ’मा रहेको ‘ब्याट्री’ विकल्पमा गइ ‘लो पावर मोड’ अन गर्न सक्छन्।

आइफोनको पृष्ठभूमिमा अन्य एपहरु रिफ्रेस भइरहेको छ भनेपनि ब्याट्री चाडैँ घट्ने गर्छ। त्यसैले एप रिफ्रेसलाई बन्द गर्न ‘सेटिङ’को ‘जेनेरल’मा गइ ‘ब्याकग्राउन्ड एप रिफ्रेस’मा क्लिक गरी फिचर अफ गर्न मिल्छ।

ब्याट्री टिकाउन सकिने अर्को उपाय एपहरुलाई दिइने ‘लोकेसन सर्भिस’ बन्द गर्नु हो। यसको लागि ‘सेटिङ’को ‘प्राइभेसी’ भित्र हुने ‘लोकेसन सर्भिस’ विकल्पमा क्लिक गरेर कुन–कुन एपले लोकेसन प्रयोग गरेको हेरेर अफ गर्न सकिन्छ।

एप्पलले दिएका यी उपायहरु फलो गरेपछि आइफोनमा ब्याट्री चाडैँ घट्ने समस्या कम हुने कम्पनीले लेखेको छ।

यसैगरी आफ्नो आइफोनको ब्याट्री कसरी र कहाँ उपयोग भएको छ भन्ने थाहा पाउन प्रयोगकर्ताले ‘ब्याट्री सेटिङ’मा हेर्न सक्ने ग्याजेट ३६०को भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा