बुधबार, असार ९ २०७८
ताजा अपडेट

म्यानमारमा सुकीविरुद्ध भ्रष्टाचारका थप मुद्दा


  • KTM Khabar
  • बिहिबार, जेष्ठ २७ २०७८
1.3K
SHARES

फाईल तस्बिर

म्यानमारकी नेतृ अङ सान सुकीले भ्रष्टाचारका थप अभियोगहरु सामना गर्नुपर्ने भएको छ । सुकी विरुद्ध औपचारिक सुनुवाई सुरु हुन केही दिनमात्रै बाँकी छ । सरकारी सञ्चारमाध्यम ग्लोबल न्यु लाइट अफ म्यानमारका अनुसार द खिन कि फाउन्डेसनमा एन्टी–करप्सन कमिसनले गरेको छानबिनपछि नयाँ अभियोगहरु थपिएको हो ।

आफ्नो पदको दुरुपयोग गरेर भ्रस्टाचार गरेकोमा उनी दोषी पाइएको कमिसनले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । कमिसनले यसअघि यांगुन क्षेत्रका पूर्व मुख्यमन्त्रीसँग ६ लाख डलर र सुन लिएको अभियोग सुकी विरुद्ध लगाएको थियो । त्यस्तै, फाउन्डेसनको अध्यक्ष रहेका बेला सुकीले सम्पत्ति र जग्गा लिजमा दिने क्रममा अनियमितता गरेको अभियोग पनि छ ।

अन्य धेरै अधिकारीहरु पनि जमिनको इजाजत दिने क्रममा दोषी पाइएको प्रतिवेदनमा उल्लेख छ । ती व्यक्तिहरु विरुद्ध मुद्दा अघि बनाइसकिएको प्रतिवेदनले जनाएको छ ।  फेब्रुअरी १ मा सुकी र उनको सरकारका वरिष्ठ सदस्यहरुलाई सेनाले हिरासतमा लिएको थियो । यही दिन सेनाप्रमुख मिन अङ ह्लाइङले सत्ता कब्जा गरे । त्यसयता म्यानमारमा महिनौंसम्म प्रदर्शन चर्किएको छ । घटनालाई नियालिरहेको एसिस्टेन्ट एशोसियसन फर पोलिटिकल प्रिजनर्सका अनुसार अहिलेसम्म ८ सय ५० भन्दा धेरै व्यक्तिले भिडन्तमा ज्यान गुमाइसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा