मुम्बईमा बुधबार दिनभर पानी पर्यो। त्यसपछि मालवानी इलाकामा चार तले एक भवन राती ११ बजे ढल्यो । उक्त भवन अर्को भवनमा ठोक्किएको थियो ।
दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११ जनाको मृत्यु भएको छ । बाँकी ७ जना घाइतेको अस्पतालमा उपचार चलिरहेका अधिकारीहरुले जनाएका छन् । त्यस्तै १५ जनाको उद्धार गरिएको छ । दुर्घटना हुँदाको समय यस भवनमा तीन परिवार बसेको थियो । यसमा केही बच्चा पनि समावेश छन् ।
दुर्घटनापछि अग्नी तथा विपद् नियन्त्रक टोलीले घटनास्थल पुगेर राहत तथा उद्धारको काम सुरु गरेको थियो । तर धेरै जनसंख्या बसोबास गर्ने र सानो बाटो भएका कारण घटनास्थल पुग्नै गाह्रो भएको ििथयो । सानो बाटोका कारण एम्बुलेन्स, दमकल र जेसीभीलाई पनि घटनास्थल पुग्न समस्या भएको थियो । -एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।