उत्तर कोरियाका शासक किम जोङ उनले आफ्ना नागरिकलाई विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय हुने कानुन ल्याएका छन्।
बिबिसीका अनुसार केही दिनअघि लागु भएको कानुनअनुसार कोही व्यक्ति ठूलो मात्रामा उत्तर कोरियाली जापानी, अमेरिकी र दक्षिण कोरियाली फिल्मका सिडी, भिसिडीसहित भेटिए मृत्युदण्ड हुनेछ भने कोही त्यस्ता फिल्म हेर्दाहेर्दै पक्राउ परे १५ वर्षसम्म जेल सजाय हुनेछ।
प्रतिक्रियावादी विचारलाई परास्त गर्नका लागि उनको सरकारले यस्तो कानुन ल्याएको बताएको छ।
केही दिनअघि उनले सरकारी सञ्चारमाध्यमहरूलाई पत्र लेख्दै युथ लिगले युवाहरूको व्यक्तिवादी र असामाजिक व्यवहारमाथि धावा बोल्नुपर्ने उल्लेख गरेका थिए।
उनले विदेशी हेयर स्टाइल, बोली र कपडालाई पनि खतरनाक विषको संज्ञा दिँदै तिनलाई रोक्नु पर्ने बताएका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।