भारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन २३ जनाको ज्यान गएको छ । सोमबार राति राज्यको ३ जिल्लामा गरी कुल २३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। सरकारी तथ्यांक अनुसार तीब्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएको खबर आएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङबाट ज्यान गुमाएका परिवारको लागि राष्ट्रिय विपत्ति राहत कोषबाट २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले ट्वीटरमार्फत् घाइतेहरुलाई जनही ५० हजार रुपियाँ दिने घोषणा पनि गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।