अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्ट थप दुई वर्षका लागि सस्पेन्ड भएको छ ।
अमेरिकी संसदमा ट्रम्पले क्यापिटल हिलमा गत जनवरी ६ मा भएको हिंसा भड्काएको पुष्टि भएपछि फेसबुकले उनको एकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको थियो ।
यो अवधिमा नागरिक सुरक्षामा खतरा हटेको वा नहटेको भनी हेर्ने फेसबुकका विश्व मामिलाका उपाध्यक्षले जनाए अनुसार ट्रम्पले अब सन् २०२३ को जनवरीदेखि मात्रे फेसकुम सञ्चालन गर्न पाउनेछन् ।
जनवरी ६ मा चुनावमा धाँधली भएको भन्दै अमेरिकाको वासिङ्टन डिसीमा डोनाल्ड ट्रम्पको समर्थनमा निस्केको जुलुसले अमेरिकी संसद भवन क्यापिटल हिलमा गरेको आक्रमणपछिको झडपमा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।