शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

इजरायलको राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित


  • बिहिबार, जेष्ठ २० २०७८
13.2K
SHARES

फाइल तस्विर

इजरायलको ११औँ राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित भएका छन् ।

उनलाई इजरायी संसद् नेसेटले ११औँ राष्ट्रपतिमा निर्वाचित गरेको हो ।

६० वर्षीय हर्जोगका पिता सियाम पनि १९८३ देखि १९९३ सम्म इजरायलको राष्ट्रपति बनेका थिए ।

बुधबार भएको निर्वाचनमा हर्जोगले १२० मध्ये ८७ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी शिक्षाविद् मिरियम परेजले ३३ मत मात्र प्राप्त गरे ।

हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख थिए । सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा उनी चुनावमा लडेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा