एजेन्सी । उत्तर-पश्चिम चीनमा एक लामो दूरीको दौड प्रतियोगितामा सहभागी घावकहरु खराव मौसमको चपेटामा पर्दा कम्तिमा २१ जनाको मृत्यु भएको छ ।
गान्सु राज्यको पर्यटकीय स्थल एल्लो रिभर स्टोन फरेस्टमा शनिबार भएको प्रतियोगिताका सहभागीहरु तीव्र गतिको हावासँगै अत्याधिक चिसो पानीबाट प्रताडित भएका थिए । त्यहाँ १ सय किलोमिटर प्रतिघण्टाको बेगमा हावा चलेको थियो ।
अल्ट्रा दौडमा सहभागी १ सय ७२ धावकहरु हराएपछि प्रतियोगिता रद्ध गरी उद्धार अभियान सुरु गरिएको थियो । उद्धार गरिएका अधिकांश धावकहरु हाइपोथर्मियाबाट ग्रसित बनेका थिए ।
गान्सुको राज्य सन्चालित सन्चारमाध्यमका अनुसार खराव मौसमको चपेटामा परी मृत्यु हुनेहरुमा अल्ट्रा म्याराथनका चिनियाँ च्याम्पियन लियाङ जिङ, सन् २०१९ को राष्ट्रिय पाराओलम्पिक खेलका विजेता हुआङ गुन्जुनलगायत छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।