नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा भारत संविधानका पक्षमा उभिउनु पर्ने बताएका छन्।
हिन्दुस्तान टाइम्समा प्रकाशित ‘इन काठमान्डु, अ थ्रेट अफ डेमोक्रेसी’ शीर्षकको रेको लेखमा उनले पछिल्लो समय भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही र अलोकप्रिय सरकारको समर्थन गरिरहेको भन्ने धेरैलाई लागेको उल्लेख गरेका छन्।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले ओलीलाई गरेको समर्थनले पनि ओलीलाई नयाँदिल्लीको समर्थन रहेको देखिएको रेले उल्लेख गरेका छन्।
‘भारतले सधैं नेपालमा बहुदलीय प्रजातन्त्र र प्रगतिशील परिवर्तनलाई सहयोग गर्दै आएको छ तर यसपालि भारतले तानाशाही र अलोकप्रिय शासनलाई सघाइरहेको धारणा बनेको छ,’ रेले लेखेका छन्।
प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनाव हुन कोरोना महामारीका कारणले कठिन रहेकाले चुनाव नभएपछि नेपाल गहिरो संवैधानकि संकट फस्ने रेको विचार छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।