शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोरोना नियन्त्रण गर्न अष्ट्रेलियाले नेपाललाई ७ मिलियन डलर दिने


  • शुक्रबार, जेष्ठ ७ २०७८
7.1K
SHARES

फाइल तस्विर

नेपालमा कोरोना महामारीले उग्र रुप लिदै गर्दा मित्र राष्ट्र अष्ट्रेलियाले स्वास्थ्य सामग्री किन्न आर्थिक सहयोग गर्ने भएको छ ।

शुक्रबार विदेशमन्त्री मरिस पेनद्वारा जारी गरिएको विज्ञप्तिमा अष्ट्रेलियन सरकारले नेपाल, बंगलादेश र श्रीलंकालाई १७. ५ मिलियन डलर सहयोग गर्न लागेको उल्लेख छ ।

सहयोग रकममध्ये ७ मिलियन अर्थात साढे ६३ करोड रुपैया नेपालका लागि खर्च गरिनेछ । नेपालमा जाने सहयोग रकम नेपाल सरकारमार्फत भने नजाने भएको छ ।

सहयोग पठाउनका लागि अष्ट्रेलियन सरकारले संयुक्त राष्ट्र संघको नियोग तथा गैर सरकारी संघसंस्थालाई मध्यम बनाउने विज्ञप्तीमा उल्लेख छ ।

सहयोग रकमबाट अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गरिनेछ ।

विदेशमन्त्री पेनले कोरोना संक्रमणको दर उच्च रहेका उत्तरपुर्वी हिन्द महासागर क्षेत्रका देशहरुलाई सहयोग गर्न अष्ट्रेलिया सदैव तयार रहेको बताइन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा