शनिबार, साउन ३० २०८३
ताजा अपडेट

‘ताउ-ते’ आँधीले भारतमा कम्तीमा ९० जनाको मृत्यु


  • बिहिबार, जेष्ठ ६ २०७८
19.6K
SHARES

फाइल तस्विर

भारतमा ‘ताउ-ते’ आँधीका कारण कम्तीमा ९० जनाको मृत्यु भएको छ ।

आँधीले सबैभन्दा बढी पश्चिम दक्षिणका राज्यहरूलाई धेरै असर गरेको छ ।

सोमबार गुजरातमा जमिनमा आइपुगेको आँधीले मच्चाएको बितन्डामा कम्तीमा ९० जनाको मृत्यु भएको र कैयौं मानिसहरू बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

आँधीसँगै विभिन्न स्थानमा भारी वर्षा भएको छ । समुद्रमा ८ मिटरसम्म अग्ला छाल आएको छ भने वर्षा र हुरीले सडकमा रूख ढाल्दा यातायात सेवा तथा विद्युत अवरूद्ध भएको छ ।

भारतीय मौसमविद्हरूका अनुसार बुधबारदेखि ताउ-तेको प्रभाव कम हुँदै गएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा