हिन्द महासागरमा जहाज डुबेको छ ।
महासागरमा चलेको तुफानमा परी जहाज डुबेको हो । जहाज डुब्दा १३० जना बेपत्ता भएका छन् ।
मुम्बईभन्दा १७५ किलोमिटर टाढाको सो हिरा आयल फिल्ड्सको नजिकै फसेको भारतीय जहाज समुन्द्रमा डुबेको हो ।
सो जहाजमा २ सय ७६ जना रहेकोमा १ सय ४६ जनाको भारतीय जल सेनाले सकुशल उद्दार गरेको छ । १ सय ३० जना भने अझै हराइरहेका छन् ।
सोही क्षेत्रमा अर्को एउटा जहाज पनि फसेको छ । सो जहाजमा १३७ जना रहेकोमा ३८ जनाको उद्दार गरिएको छ । बाँकी ९९ जनाको अझै उद्दार हुन सकेको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।