शनिबार, साउन ३० २०८३
ताजा अपडेट

दिल्लीमा एक साता लम्बियो लकडाउन


  • आइतबार, जेष्ठ २ २०७८
16.6K
SHARES

तस्विरः फाइल

भारतको दिल्लीमा जारी लकडाउन एक साता लम्बिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि लकडाउन थप गर्ने घोषणा गरेका हुन् ।

यसअघि सोमबारसम्मका लागि लकडाउन गरिएको भएपनि केजरीवालले आइतबार एक साताका लागि लकडाउन थप भएको घोषणा गरेका हुन् ।

केजरीवालले दिल्लीमा अवस्थामा सुधार भइरहेको र कोरोना भाइरस संक्रमण तीव्र गतिमा घटिरहेको बताएका छन् । उनले भने, ‘हामी यो चाहँदैनौं कि सुधार हुँदै गरेको अवस्थामा, पुनः अवस्था खराब होस् । त्यसैले लकडाउन मे २४ को बिहान ५ बजेसम्मका लागि बढाइँदैछ । त्यतिबेलासम्म मेट्रो सेवा पनि बन्द हुनेछन् ।’

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै केजरीवालले सर्वसाधारण लकडाउनका कारण दुःखी भएको भएपनि यो समय एकअर्काको सहारा दिने समय भएको बताएका छन् । उनले सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

पछिल्लो केही समय यता दिल्लीमा कोरोना संक्रमणमा उल्लेख्य कमी आएको छ । पछिल्लो २४ घण्टा दिल्लीमा ६ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

बीबीसी हिन्दीबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा