शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नाइजेरियामा सात प्रहरीको हत्या


  • आइतबार, बैशाख २६ २०७८
11.3K
SHARES

फाइल तस्विर

नाइजेरियामा बन्दुकधारी समुहको गोली प्रहारबाट सात जना प्रहरीको मृत्यु भएको छ ।

देशको दक्षिणी क्षेत्रमा कारमा आएका सो समुहले चेकिङ प्वाइन्टमा रहेको प्रहरीमाथि गोली प्रहार गर्दै दुईवटा प्रहरी चौकीमा प्रवेश गरी हत्या गरकोे हो ।

मृत्यु हुने सबै सुरक्षाकर्मी रहेको समाचारमा जनाइएको छ । यस्तै प्रहरीको कारबाहीमा दुई जना बन्दुकधारी मारिएका छन् ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । गत साता नाइजेरियाकै अन्य प्रहरी चौकीमा बन्दुधकारीको समुहले आक्रमण गर्दा दुई प्रहरीको मृत्यु भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा