शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एनआरएनए टेक्सस चाप्टेरको वोर्ड अफ़ मेम्बरमा छबिलाल हुमागाईको उमेद्वारी


  • शनिबार, बैशाख २५ २०७८
40K
SHARES

फाइल तस्विर

एनआरएन टेक्ससको बोर्ड एफ मेम्बरमा समाज सेवी छबिलाल हुमागाईले उमेद्वारी दिएका छन । बिभिन्न संघ संस्थामा रही समाजसेबामा सक्रीय हुमागाई,सरल स्वभाब तथा सहयोगी भावना भएका असल ब्यक्तिको रुपमा चिनिन्छन ।

हुमागाईले हाल एनआरएनए को आजीबन सदस्य रही टेक्ससको चाप्टरमा बोर्ड अफ मेम्बरमा आफ्नो उम्मेदवारी दिएका हुन । निर्वाचन कमिटिले निकालेको उम्मेद्वार सूचीमा टेक्सस चाप्टेरको बोर्ड अफ मेम्बरमा छबिलाल हुमागाई सहित अरु सात जनाको उम्मेद्वारी परेको छ ।

छबिलाल हुमागाँईले निकालेको बिज्ञप्तिको पुर्णपाठ

टेक्ससबासी समस्त आमा बुबा, दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक नमस्कार !

निष्पक्ष रुपमा सेवा गर्न मैले मेरो उम्मेद्वारी बोर्ड मेम्बर टेक्सस च्याप्टरमा दिएको छु र सेवा गर्ने संकल्प लिएको छु । र ,हजुरहरुको सदभाव, माया ,सहयोग र अमूल्य मतदानको अपेक्षा राखेको छु ।

अन्तमा, मेरो बोर्ड अफ मेम्बर ,टेक्सस च्याप्टरको लागि दिएको उम्मेद्वारीलाई सकारात्मक रुपमा लिई टेक्ससबासी आम गैर आवासीय नेपाली, अग्रज व्यक्तित्वहरु, एनआरएनए अभियन्ताहरु, टेक्ससमा सक्रिय सामाजिक संघ संस्थाका सामाजिक अभियन्ताहरु सबैवाट आवश्यक सहयोग रहनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।

धन्यवाद ।

भवदीय,
छबिलाल हुमागाई
Board of Member, Texas Chapter.
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, टेक्सस राज्य च्याप्टर समिति
वर्ष २०२१ देखि २०२३ को कार्यकाल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा