सोमबार, माघ २३ २०७९
ताजा अपडेट

विजयनले रचे इतिहास, केरलामा भाजपाले जित्न सकेन एउटा सिट पनि


  • KTM Khabar
  • सोमबार, बैशाख २० २०७८
8.9K
SHARES

फाईल तस्बिर

दक्षिण भारतमा पर्ने केरला भारतको सबैभन्दा बढी साक्षरता भएको राज्य हो।  ९६.२ प्रतिशत नागरिक साक्षर रहेको केरलामा त्यसको असर राजनीतिमा पनि देखिन्थ्यो: बितेका ४० वर्षमा केरलावासीले कहिल्यै पनि एउटै सरकारलाई दुई कार्यकाल सत्ता चलाउन दिएका थिएनन्।

सन् १९८३ देखि केरलामा कम्युनिष्ट नेतृत्वको लेफ्ट डेमोक्रेटिक फ्रन्ट (एलडिएफ) र भारतीय कंग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (युडिएफ)ले पालैपालो सत्ता चलाउँदै आएका थिए। हरेक चुनाव केरलावासी सत्तारूढ गठबन्धनलाई हराउँथे।

यसपालि भने केरलामा त्यो शिलशिला दोहोरिएन। आइतबार भएकको विधान सभाको मतगणनामा सत्तारूढ एलडिएफले इतिहास रच्यो। अर्को पाँच वर्ष सत्ता चलाउनका लागि केरलाका जनताले फेरि त्यही गठबन्धनलाई चुने।

अहिलेसम्मको मत गणनाअनुसार सत्तारूढ एलडिएफले १४० मध्ये ९१ सिट जित्ने देखिएको छ। कंग्रेस नेतृत्वको युडिएफले ४० सिटमात्रै हात पार्ने भएको छ। अन्य साना दलले ९ स्थानमा जित्ने भएका छन्।

कम्युनिष्ट नेतृत्वको गठबन्धनलाई फेरि पाँच वर्ष सत्तामा पुर्‍याउनुमा अहिलेका मुख्यमन्त्री एवं भारतीय कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य पिनारायी विजयनको महत्वपूर्ण भूमिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा