अमेरिकी राष्ट्रपति जो बाइडेन शत्रुतापूर्ण नीतिका साथ अघि बढेको आरोप उत्तर कोरियाले लगाएको छ ।
बाइडेन प्रशासन उत्तर कोरियासँगको सम्बन्धलाई लिएर रणनीतिक योजनामा लागेको उत्तर कोरियाको विदेश मन्त्रालयले आरोप लगाएको हो ।
उत्तर कोरियाको विदेश मन्त्रालयका अनुसार वासिङ्गटनबाट भएका पछिल्ला टिप्पणी तथा गतिविधिहरुले राष्ट्रपति बाइडेन शत्रुतापूर्ण नीति कायम राख्ने पक्षमा छ ।
गत साता राष्ट्रपति बाइडेनले उत्तर कोरियाको परमाणु कार्यक्रम विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा भनेपछि उसको यो धारणा सार्वजनिक भएको हो ।
उत्तर कोरियाको विदेश मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमा परमाणु कार्यक्रमलाई लिएर अमेरिकी राष्ट्रपति बाइडेनले संसदको संयुक्त शत्रमा गरेको टिप्पणी ठूलो गल्ती रहेको बताएको छ ।
उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम बन्द गर्नु पर्नेमा अमेरिकाले दबाब दिँदै आएको छ तर उत्तर कोरियाले पहिला आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा हुनु पर्ने सर्त राख्दै आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।