अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल रुडी जुलियानीको घरमा सङ्घीय जाँच ब्यूरो एफबीआईले छापा मारेको छ ।
न्यूयोर्कका पूर्वमेयरसमेत रहेका रुडी जुलियानीको म्यानहटनस्थित घरमा एफबीआईले छापा मारेको हो ।
बुधवार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट तथा पार्क एभेन्युस्थित अफिसमा पनि छापा मारेर विद्युतीय उपकरणसहितका सामग्री जफत गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।
सङ्घीय अभियोजनकर्ताहरूले युक्रेनी अधिकारीहरूलाई जो बाइडनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएको आरोपित गतिविधिमा जुलियानीको संलग्नता छानबिन थालेको बीबीसीले जनाएको छ ।
ती गतिविधिकै कारण सन् २०१९ मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई पहिलो पटक महाभियोग लगाइएको थियो।
यूक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका जो बाइडेनका छोरा र बाइडेनलाई अनुसन्धान गर्न युक्रेनलाई दबाव दिने कार्यमा जुलियानीले केन्द्रीय भूमिका खेलेको आरोप लगाइएको छ ।
ट्रम्पको पहिलो महाभियोगको सुनुवाइका बेलामा बयान दिएकाहरूले पनि जुलियानीले युक्रेनका निम्ति तत्कालीन अमेरिकी राजदूतलाई हटाउन मुख्य भूमिका खेलेको आरोप लगाएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।