शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

‘कू’ पछिको पहिलो विदेश भ्रमणमा निस्किए बर्मेली सैनिक शासक


  • शनिबार, बैशाख ११ २०७८
17.9K
SHARES

फाईल तस्बिर

शासन सत्ता आफ्नो हातमा लिएपछि बर्माका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा निस्केका छन् । गत फेब्रुवरी १ मा ‘कू’ मार्फत जन निर्वाचित सत्ता हत्याएपछि कयौँ नागरिकको ज्यान लिएका सेना प्रमुख मिन आङ इन्डोनेसिया पुगेका हुन् ।

सेना प्रमुख आङले त्यहाँ एसियाली नेतृत्वसँग भेटघाट गर्नेछन् । दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन (आसियन)को शिखर सम्मेलनमा सहभागि हुन उनी इन्डोनेसियाको राजधानी जाकार्ता गएका हुन् । नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरूलाई हिरासतमा राखेका सेना प्रमुख मिनको यो पहिलो विदेश भ्रमणले उनको विश्वास थप बढाउने निश्चित रहेको विदेशी सञ्‍चार माध्यमले जनाएका छन् ।

आफ्नो निर्वाचित सरकारलाई अपदस्त गरेर शासन सत्ता हातमा लिएका उनले आफ्ना निर्दोश नागरिकलाई अत्याधिक बल प्रयोग गरेर हत्या गरिरहेका छन् । बर्मेली सेनाको व्यापक विरोध भइरहेको छ । निर्वाचित नेताहरूको रिहाईको माग गर्दै दिनहुँ प्रर्दशन भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा