शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चुनाव जितेको अर्को दिन मारिए अफ्रिकी राष्ट्रपति


  • मंगलबार, बैशाख ७ २०७८
15.8K
SHARES

तस्विरः फाइल

अफ्रिकी मुलुक चाडका राष्ट्रपति इड्रिस डेबीको चुनाव जितेको अर्को दिन मृत्यु भएको छ।

चाडको सेनाले ६८ वर्षीय डेबीको चाडको उत्तरी क्षेत्रमा भएको मंगलबार जानकारी दिएको छ। सन् १९९०मा सत्तामा आएका डेबीले छैठौं कार्यकालका लागि चुनाव जितेको घोषणा सोमबारमात्रै भएको थियो।

चुनावी परिणामपछि डेबी उत्तरी चाडमा रहेका सेनाहरूलाई भेट्न गएका थिए। लिबियाबाट आएका विद्रोहीहरूसँग झडप भइरहेको ठाउँमा पुगेका राष्ट्रपति डेबीको मृत्यु कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन।

राष्ट्रपतिको हत्या भएपछि सैनिक परिषदले आउँदो १८ महिनाका लागि सरकार चलाउने छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा