शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बंगालकी मुख्यमन्त्री बनर्जीलाई एक दिन चुनाव प्रचार गर्न प्रतिबन्ध


  • मंगलबार, चैत्र ३१ २०७७
8.2K
SHARES

फाईल तस्बिर

भारतको निर्वाचन आयोगले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक दिनका लागि चुनाव प्रचार गर्न रोक लगाएको छ । चुनाव प्रचारको प्रतिबन्ध सोमबार रातिदेखि लागू भएको छ।

केही दिन अगाडि एक चुनावी र्‍यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको भन्दै निर्वाचन आयोगले एक दिनका लागि चुनाव प्रचारमा प्रतिबन्ध लगाएको हो ।

पश्चिम बंगाल विधानसभा निर्वाचन २७ मार्चदेखि सुरु भएको थियो । आठ चरणमध्ये चार चरणको चुनाव सम्पन्न भइसकेको छ । चार चरणको चुनाव बाँकी रहेको बेला ममतामाथि प्रतिबन्ध लगाइएको हो।

ममताले निर्वाचन आयोगको निर्णयलाई अलोकतान्त्रिक र असंवैधानिक भनेकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा