शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

जापानले १० लाख टन फोहोर पानी समुद्रमा छोड्ने


  • मंगलबार, चैत्र ३१ २०७७
9.6K
SHARES

फाईल तस्बिर

जापान सरकारले फुकुसिमा आणविक केन्द्रको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने भएको छ ।

फुकुसिमा आणविक स्टेशनमा क्षति भएको एक दशकपछि जापान सरकारले जम्मा भएको फोहोर पानी समुद्रमा छोड्न लागेको हो ।

आवश्यक मापदण्डको पूर्ण पालना गरी पानी समुद्रमा छाडिने अधिकारीहरूले जनाएका छन् ।

टोकियो ओलम्पिक सुरू हुनु तीन महिनाअघि जापान सरकारले यो निर्णय गरेको हो । टोकियो ओलम्पिकका केही खेलहरु फुकुसिमामा हुनेछ ।

सन् २०११ को सुनामीका कारण फुकुसिमा आणविक प्लान्टमा ठूलो क्षति भएको थियो । त्यसयता प्लान्टमा १२ लाख ५० हजार टन पानी जम्मा भएको बताईएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा