बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२, सोमबारदेखि आफ्नो देशमा लकडाउनमा केही सहज बनाउने बताएका छन् ।
उनले भनेका छन्, ‘आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ ।’
उनका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।
आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले बेलायत सरकारले दुई किसीमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।