बन्दुकधारीहरूको आक्रमणपछि नाइजीरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएको कुरा बीबीसीले समाचार लेखेको छ ।
बीबीसीका अनुसार आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए।हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको बताइएको छ।
३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए । प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ।
तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ।जेलबाट १,८४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।