ताइवानमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । दुर्घटनामा करिब ७२ जना घाइते भएका छन् ।
सरकारी अधिकारीका अनुसार यो दुर्घटना पूर्वी ताइवानको एक सुरुङमा भएको हो जहाँ रेलले एक ट्रकलाई ठक्कर दिएपछि लीकबाट बाहिरिएको थियो ।
स्थानीय मिडियाका अनुसार घटनास्थलमा उद्धारकार्य जारी छ ।
ताइवानको केन्द्रीय प्रकोप व्यवस्थापन टोलीले सुरुङ भित्र चारवटा रेल कोच भएको जसमा अहिले पनि करिब २ सय मानिसहरु फसेका छन् । यी चारैवटा रेल कोच यो दुर्घटनामा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
यो ट्रेन ताइवानको राजधानी ताइपेदेखि ताइतुंग शहर जाँदै थियो । यो ट्रेनमा सवार अधिकांस यात्री ताइवानको लोकप्रिय ‘टम्ब स्विपिङ फेस्टिबल’ मनाउन जाँदै थिए ।
अधिकारीका अनुसार यो दुर्घटना स्थानीय समयानुसार बिहान करिब ९ बजे भएको हो । ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।