शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अमेरिकामा गर्मीले तोड्यो १११ वर्षको रेकर्ड


  • शुक्रबार, चैत्र २० २०७७
17.5K
SHARES

फाईल तस्बिर

अमेरिकामा १२२ वर्षको रेकर्ड बर्फबारीको ५५ दिन पछि गर्मीले १११ वर्षको रेकर्ड तोडेको छ । यहाँको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको छ । तीब्र रुपमा बढेको यो गर्मीका कारण समुद्री तटमा पुगेका छन् । मौसम विभागका अनुसार अमेरिकामा मार्च–अप्रिलमा तापक्रम २२ देखि २५ डिग्रीबीच रहन्छ । तर यस वर्ष यो ३३ डिग्रीसम्म पुग्यो ।

यो अघिल्लो वर्षको तुलनामा ७–८ डिग्री बढी हो । स्यान डिएगोस्थित नेशनल वेदर सर्भिसको मौसम विज्ञ मार्क मीडेले यो वर्ष चिसो मौसममा रेकर्ड बर्फबारी त भयो । तर चिसो अचानक समाप्त भयो । यसकारण अमेरिका र युरोपमा हिटवेव चल्न थाल्यो ।

यसकारण वसन्त ऋतु नआउँदै एक महिना अघि गर्मी आयो । मीडेका अनुसार बुधबार स्यान डिएगोमा तापक्रम ३२.७ डिग्री दर्ता गरियो । यसअघि यहाँ सन् १९१० मा ३१ डिग्री तापक्रम दर्ता गरिएको थियो । स्मरण रहोस्, ५ फेब्रुअरीमा अमेरिकामा पाँच फिटसम्म बर्फबारी भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा