कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् ।
टेलिभिजनमा प्रसारित एक सन्देशमा राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने बताए । साथै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले बताए । मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ ।
संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइएको छ । शुक्रबार पर्ने महान पर्व इस्टर मनाउनका लागि भने मानिसहरुलाई छुट दिइएको छ ।
राष्ट्रपति म्याक्रोले आगामी हप्तादेखि विद्यालयहरु पनि कम्तिमा तीन हप्ताका लागि बन्द हुने बताएको बीबीसीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।