शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

म्यानमार : प्रदर्शनकारीकाे ज्यान गएपछि आर्मी जनरलहरूकाे ‘भव्य पार्टी’


  • सोमबार, चैत्र १६ २०७७
18.4K
SHARES

फाईल तस्बिर

म्यानमारमा शनिवार ‘आर्म्ड फोर्सेज डे’ को अवसरमा सेनाको चेतावनीपछि सडकमा निस्किएका प्रदर्शनकारीमध्ये कम्तीमा ९१ जनाको गोली लागेर ज्यान गएपछि सैन्य प्रमुख मिन आङ लाइङ र उहाँका जनरलहरूले रातमा ‘भव्य पार्टी’ गरेको बीबीसीले जनाएको छ ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतवार बिहान मृतकको अन्तिम संस्कारका क्रममा पनि सेनाले हस्तक्षेप गर्ने कोसिस गरेको थियो ।

शनिवार भएको सेनाको दमनपछि पनि आइतवार विरोध प्रदर्शनको सिलसिला रोकिएको छैन ।

म्यानमारमा गएको फेब्रुअरी १ मा सैन्य कू पछि शनिवार २७ मार्च प्रदर्शनकारीका लागि सबैभन्दा धेरै हिंसक दिन साबित भयो । गएको फेब्रुअरीदेखि भएको प्रदर्शनका क्रममा अहिलेसम्म चार सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

आइतवार कैयौँ देशका रक्षा प्रमुखहरुले एक संयुक्त विज्ञप्ति नै निकालेर म्यानमारको हिंसक सैन्य कारबाहीको भर्त्सना गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा