शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अमेरिकामा संक्रमितको संख्या तीन करोड नाघ्यो


  • बिहिबार, चैत्र १२ २०७७
7.3K
SHARES

फाईल तस्बिर

अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ ।

जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो ।

अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित निकै बढेका बताइएको छ । अमेरिकी समाचार संस्था सीएनएनकाअनुसार पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका संक्रमित निकै तीब्र गतिमा बढेका हुन् ।
गत सोमबारसम्म अमेरिकामा पाँच लाखभन्दा बढी मानिसको ज्यान कोभिड–१९ को कारण गएको थियो ।

मृतकको संख्या पनि पछिल्ला केही समयमा तिब्र गतिमा बढेको बताइएको छ । अहिले अमेरिकमा मृतकको संख्या पाँच लाख ४५ हजार ५३ जना पुगेको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा