शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मोदीले भ्रमण गर्ने भएपछि बंगलादेशमा व्यापक विरोध


  • सोमबार, चैत्र ९ २०७७
13.8K
SHARES

फाईल तस्बिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण लागेपछि त्यहाँका जनता विरोधमा उत्रिएका छन्। मोदी मार्च २६ (आगामी शुक्रबार) बंगलादेश जाँदैछन्।
भ्रमण शुरु हुनुभन्दा अघि नै बंगाली जनताहरूले मोदीको विरोध गर्न थालेका हुन्। बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले भने मानिसहरूको एक समूहले मात्रै मोदीको विरोध गरेकाले चिन्तित हुनुपर्ने कारण नरहेको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘केही मानिसहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ढाका आउने भएपछि विरोध अभियान चलाइरहेका छन्, तर चिन्ता गर्न आवश्यक छैन, बंगलादेश एक लोकतान्त्रिक देश हो, जहाँ अभिव्यक्ति स्वतन्त्रता छ।’

समाचार एजेन्सी एपीका अनुसार शुक्रबार बंगलादेशको राजधानी ढाकामा मुसलमान र छात्र संगठनहरूले मोदी भ्रमणको विरोधमा र्‍याली निकालेका थिए।

भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भएको ५० औँ वर्षगाँठका अवसरमा २६ मार्चका दिन बंगलादेश जान लागेका हुन्। भारतीय सहयोगमै भएको रक्तपातपूर्ण लडाइँपछि बंगलादेश सन् १९७१ मार्च २६ का दिन स्वतन्त्र भएको थियो।

हिन्दु धर्मको सहारा लिँदै कट्टरपन्थी व्यवहार देखाउने गरेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले भारतमै मुसलमानहरूमाथि ज्यादती गर्नेगरेको आरोप लागिरहेको छ।

मुसलमानहरूमाथि सत्ताबाटै दमन भइरहँदा मुस्लिम बाहूल्य बंगलादेशमा मोदीको भ्रमणलाई लिएर भैरहेको विरोधलाई स्वाभाविक मानिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा