शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भारतमा कोभिड तीव्र गतिमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित


  • आइतबार, चैत्र ८ २०७७
10K
SHARES

फाईल तस्बिर

भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन्।

सरकारी अधिकारीहरूले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन्।

सोही अवधिमा अरू २२ हजार ९५६ जना भने सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्याभन्दा सङ्क्रमितहरूको सङ्ख्या झण्डै दोब्बर रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरूको कुल सङ्ख्यामा वृद्धि हुँदै गएको छ।

भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख ९९ हजार १३० पुगेको अधिकारीहरूले जनाएका छन्।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरूको सङ्ख्या भारतमा एक लाख ५९ हजार ७५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ती मध्ये १९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। सोही अवधिमा पन्जाबमा मात्रै एक हजार ५२९ जना सङ्क्रमित भएका छन्।

भारतमा अहिलेसम्म चार करोड ४६ लाख ३ हजार ८४१ खोप लगाइएको छ। शनिबारसम्म देशभरी २३ करोड ३५ लाख ६५ हजार ११९ जनाको कोरोना परीक्षण गरिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा