शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अमेरिका–रुसबीच वाकयुद्ध चर्कियो


  • शुक्रबार, चैत्र ६ २०७७
30.6K
SHARES

फाईल तस्बिर

रुस र अमेरिकाबीच शीर्ष तहमै वाकयुद्ध सुरु भएको छ ।

गुप्तचर निकायले केही दिनअघि प्रतिवदेन सार्वजनिक गरेपछि यी राष्ट्रका राष्ट्रप्रमुख एकआर्कप्रति आरोप प्रत्यारोपमा लागेका हुन् ।

उक्त प्रतिवदेनले गत वर्षको राष्ट्रपतिय निर्वाचनमा रुसले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गरेको दावी गरेको थियो ।

निर्वाचनको अन्तिम परिणाम घोषणा हुनुअघिसम्म जो बाइडेनविरुद्ध प्रचारबाजी गरेको प्रतिवदेनमा उल्लेख छ ।

सो निर्वाचनमा रुसले अमेरिकामाथि हस्तक्षेप गरेको भन्दै सर्वत्र आलोचना भएको थियो । अमेरिकी राष्ट्रपति बाइडेनले एक टेलिभिजन अन्तर्वार्तामा रुसी समकक्षीलाई विभिन्न आरोप लगाएपछि रुसले त्यसको प्रतिकार गरेको हो ।

अन्तर्वार्ताका क्रममा बाइडेनले पुटिनमाथि विपक्षी नेता अलेक्स नभाल्नी र अन्य प्रतिद्वन्द्वी नेताहरुमाथि अमानवीय व्यवहार गरेको आरोप लगाउनुभएको छ ।

उहाँले रसियाले अमेरिकासँगको सम्बन्ध सुधार गर्नुपर्ने पनि बताउनुभएको छ ।

यता जवाफमा पुटिनले उच्च तहका व्यक्तिका अभिव्यक्तिले उत्पन्न गराउने परिणामको सामना आफैंले गर्नुपर्ने भन्दै तथ्यहीन विषयमा प्रचारबाजी नगर्न चेतावनी पनि दिनुभएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा