शनिबार, साउन ९ २०८३
ताजा अपडेट

किम जोङ उनकी बहिनीको अमेरिकालाई चेतावनी- चार वर्ष राम्ररी सुत्ने भए बारूदको गन्ध फैलाउन बन्द गर


  • मंगलबार, चैत्र ३ २०७७
15.3K
SHARES

फाईल तस्बिर

उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई चेतावनी दिएकी छन्।

मंगलबार सरकारी पत्रिकामा प्रकाशित जोङको वक्तव्यमा अमेरिका र दक्षिण कोरियाबीच गत सता सुरू भएको संयुक्त सैन्य अभ्यासको विरोध गरिएको छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले एसिया भ्रमण थालेको अर्को दिन उत्तर कोरियाली शासककी शक्तिशाली बहिनीले यस्तो चेतावनी दिएकी हुन्। सोमबार जापान आइपुगेका ब्लिन्केन र अस्टिन द्वीपक्षीय वार्ताका लागि बुधबार दक्षिण कोरिया आउँदै छन्।

उनीहरूले जापान र दक्षिण कोरियामा गर्ने उच्चस्तरीय राजनीतिक कुराकानीको केन्द्रमा उत्तर कोरिया नै हुनेछ।

उत्तर कोरियाका शासक उनसँग पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता गरेका थिए। उनीहरूबीच कोरियाली प्रायद्वीपमा सैनिक तनाव कम गर्ने सहमति पनि भएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा