म्यानमारमा सैन्य ‘कु’ भएपछिको डेढ महिनामा १ सय ८० प्रदर्शनकारीको मृत्यु भएको छ ।
गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि शुरू भएका शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गर्दा सोमबारसम्म मृत्यु हुनेको संख्या १८० पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसको कार्यालयले मार्सल कानून लागू गरेर सैनिक सरकारले आम नागरिकमाथि जबरजस्ती कारबाही गरिरहेको र त्यस्तो काम बन्द गर्न आह्वान गरेको छ ।
सेनाले सत्ता हातमा लिएर नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी)की नेत्री आङ सान सूकीलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा आन्दोलन भइरहेको छ ।
गत वर्षको निर्वाचनमा एनएलडी बहुमतसहित विजयी भएको थियो । तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै बहुमत प्राप्त समूहलाई नेतृत्व नदिई सैनिक सक्रियतामा सरकार गठन गरेको छ ।
यद्यपि सेनाले एक वर्षभित्र निर्वाचन गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफू तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।