म्यानमारको सैनिक ‘कू’विरुद्ध प्रदर्शन चर्किएपछि सेनाले मार्सल कानुन लागू गरेको छ ।
चिनियाँ व्यवसायमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि सेनाले आइतबार देशको सबैभन्दा ठूलो शहर याङ्गुनको याङ्गुन र मन्डले जिल्लामा मार्सल कानून लागू गरेको हो । कानुन लागू भएसँगै त्यहाँ प्रदर्शन गर्ने प्रदर्शनकारीहरुविरुद्ध सैन्य अदालतमा मुद्दा चलाउन सकिने भएको छ ।
चीनले म्यानमारमा सेनालाई सहयोग पुर्याइरहेको प्रदर्शनकारीहरूले दावी गरेका छन् । म्यानमारको भएको प्रदर्शनका क्रममा आइतबार मात्र सेना र प्रहरीले चलाएको गोली लागेर ५० जना प्रदर्शनकारीको मृत्यु भएको थियो । सोमबार पनि देशका विभिन्न स्थानहरुमा सेना र प्रहरीले प्रदर्शनकारीहरुमाथि गोली चलाएका छन् ।
प्रदर्शनकारीहरूले सैनिक ‘कू’ पछि बन्दी बनाएर राखिएकी त्यहाँकी सर्वोच्च नेता आङ साङ सुची लगायतका नेताहरूको रिहाइको माग गरेका छन् । उनीहरूलाई कहाँ राखिएको छ अहिलेसम्म जानकारी दिइएको छैन । सोमबार उनलाई अदालतमा हाजिर गराउनुपर्ने थियो । तर, इन्टरनेटको समस्याका कारण सुनुवाइ स्थगित भएको बीबीसीले जनाएको छ ।
आङ साङ सूची नेशनल लिग फर डेमोक्रेसीकी नेतृ हुन्, उनले गत नोभेम्बरको निर्वाचनमा ठूलो जित हात पारेकी थिइन् । यद्यपि सेनाले भने निर्वाचनमा धाँधली भएको बताउँदै सूची लगायका अन्य नेताहरूलाई नजरबन्दमा राखेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।