म्यानमारमा सैन्य कू विरुद्ध चलिरहेको विरोधलाई दबाउनका लागि सैनिक लगातार गोली बर्साइरहेका छन् । हालसम्म ६८ प्रदर्शनकारीको मृत्यु भइसकेको छ । यहाँ मंगलबार विरोधको एउटा शक्तिशाली तस्बिर सार्वजनिक भएको छ ।
काचिनको मायित्किनामा गोली बर्साइरहेका सैनिकको अगाडि नन एन रोज नू तावंग उभिइन् । उनले सैनिकको अगाडि उभिएर भनिन्, ‘बच्चा, महिला, प्रदर्शनकारीमाथि गोली चलाउन बन्द गर्नुहोस् । सबैभन्दा पहिला मलाई गोली चलाउ… । म त्यतिबेलासम्म हट्ने छैन जबसम्म तपाईं यहाँबाट जानुहुन्न वा मेरो मृत्यु हुनेछैन ।’
नन रोजको व्यवहार देखेर सैनिकले बन्दुक तल राखेर आफ्नो हात जोडे र घुँडा टेके । पछि अधिकारीले ननलाई अब थप हिंसा नहुने विश्वास दिलाएपछि नन रोज त्यहाँबाट हटिन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।