भारतको पश्चिम बंगाल सरकारका मन्त्री जाकिस हुसेनलाई लक्षित गरी बम आक्रमण भएको छ । विधानसभाको चुनावका उम्मेद्वार समेत रहेका मन्त्री हुसेन विरुद्ध मुर्शीदावादमा आक्रमण भएको हो ।
बुधबार साँझ भएको आक्रमणमा परि २० जना घाइते भएका छन् । जसमध्ये १२ जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि कोलकात्ता पठाइएको छ । आक्रमणमा परी मन्त्री हुसेन पनि गम्भीर घाइते भएका छन् ।
हुसेनलाई कोलकात्ताको एसएसकेएम अस्पतालमा भर्ना गरिएको छ । बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उहाँसँग भेट गरिसक्नुभएको छ । उहाँमाथि बुधबार साँझ पेट्रोल बम प्रहार भएको थियो ।
आक्रमणको अनुसन्धान र घटनाको अनुसन्धान अब बंगालको सिआइडीले गर्ने भएको छ । बिहीबार बिहानै सिआइडीको टोलीले मुर्शिदावादको घटनास्थल पुगेर उक्त स्थानलाई शिल गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।